देश

लागूऔषधसहित नवलपुरमा २ जना युवक पक्राउ

जगत ठाडा मगर
२०७८ पुस २८ | मध्यान्ह ०१:०९ बजे

नवलपुर २८ पुस । पूर्वी नवलपरासीमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुरको देवचुली नगरपालिका ९ बस्ने वर्ष २१ का करणप्रताप सेन र चितवनको भरतपुर महानगरपालिका २६ बस्ने स्वदेश गुरूङल रहेको प्रहरीलेन्जनाएको छ ।

उनिहरुलाई कावसोती नगरपालिका १६ चालिस किलोको जंगलस्थित पूर्व–पश्चिम राजामार्गमा चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४०१४ नं.को बसमा सवार दुई जनालाई लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट प्रहरीले ३५ एम्पुल नुफिन, ३५ एम्पुल डाइजेपाम, ३५ एम्पुल फेनारागन, ३९ ट्याबलेट नाइट्राभेट र ३१ ट्याबलेट स्पास्मो बरामद गरेको छ।

कमेन्टहरु