देश

भारतमा एकै दिन १ लाख ९४ हजार जनामा कोरोना संक्रमण

जगत ठाडा मगर
२०७८ पुस २८ | मध्यान्ह १२:०९ बजे

काठमाडौं, पुस २८ । भारतमा कोरोना संक्रमण दर तीव्र गतिमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार बुधबार एकै दिन एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ४४२ जनाको मृत्यु भएको छ । मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो । भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

दिल्लीमा २३ जनाको मृत्यु भएको छ जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा बढी हो ।

कमेन्टहरु