प्रदेश २ को प्याब्सन अधिवेशन लहानमा सम्पन्न


महेश सिंह
सिरहा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन प्रदेश नम्बर –२ को तेस्रो अधिवेशन सिरहाको लहानमा सम्पन्न भएको छ । प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा सुरु भएको अधिबेशनमा प्रदेश २ का शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बोध माया कुमारी यादव प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा बिशिस्ट अतिथिहरुमा अनिल झा, गोपाल कार्की, कुमार घिमिरे, राजेश दासज, मदन प्रसाद, बासुदेब न्यौपाने, राम कुमार यादव, लहान नगरपालिका जनप्रतिनिधि हेमन्त यादव, अतिथिहरुमा नरेन्द्र शर्मा, राकेश कर्ण, शंकर केपी शर्मा, गोपाल सागर परियार, श्यामसुन्दर साह, रामलखन मण्डल, प्रदीप तिवारी, राकेश झा, ल्यान्स, पुनम चौधरी, ज्ञान् कुमार पोखरेल, लभ राजा सिंह, शंकर प्रसाद गुप्ता, दिपक रेग्मी, सीता राम महतो, पुर्ण प्रधान, हरिदेब, बिनोद चौधरी, अरुण देब नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।
सिरहामा सम्पन्न अधिवेशनबाट प्रदेश नम्बर २ को अध्यक्षमा दिपक रेग्मी निर्वाचित भएका छन् । अध्यक्ष र सचिव पदका लागी निर्वाचन भएका हुन । अन्य पदहरु सर्वसम्मत रुपमा सहमतीमै चयन गरेका छन । प्याब्सन प्रदेश नम्बर २ मा ३ सय ५१ मतदाता संख्या रहेको थियो भने जस मध्ये २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले बताए।
निर्वाचनमा जम्मा २ सय २७ मत अध्यक्षमा र ४ मत बदर भएको निबर्तमान अध्यक्ष साहले बताए । सचिव पदमा ७ मत बदर भएको जनाएका छन् । अध्यक्षमा निर्वाचित रेग्मीका प्रत्यासी उम्मेदवार राकेश कर्णले २७ मतको फरक अन्तरले पराजित भएको निर्वाचन समितिले जनाए।
त्यस्तै सचिव पदका प्रत्यासी उम्मेदवार विश्वलाल सिंहलाई ३१ मतको फरक अन्तरले गणेश कुमार साह पराजित गरी विजय भएका छन । अधिवेशनले १३ सदस्य नयाँ कार्यसमिति चयन भएका छन् । तीन बर्ष कार्यकालका लागि नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई अधिवेशनमा सहभागी सम्पुर्णले सफल कार्यकालको शुभकामना समेत दिएको प्याब्सन सिरहा अध्यक्ष उमेश कुमार चौधरी र जिल्ला उपाध्यक्ष उमेश यादवले बताए।






















