काङ्ग्रेसको १४औं महाधिवेशनबाट नवनिर्वाचित नेताहरुलाई सम्मान


सिरहा । नेपाली कांग्रेस लहान नगरपालिका वडा न. २४ ले कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत विभिन्न तहको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेका छ्न । मंगलबार सिरहाको लहान न पा २४ स्थित मानिकदह झुट्कीमा एक समारोह बीच नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेका हुन।
कार्यक्रममा प्रमुख अथिती केन्द्रिय सदस्य मा.सासद पदम नारायण चौधरी, अथिती प्रदेश २ प्रदेश सदस्य शारदा खा तुन, उमेस यादव, उपसभापति राम सुन्दर चौधरी, क्षेत्रीय सभापति महेस चौधरी, पुर्ब क्षेत्रीय सभापति अछमितलाल चौधरी, नगर सभापति रास लाल राय, लहान न पा का सम्पूर्ण ईकाइ सभापति, नेपाली कांग्रेसका नेता राज कुमार राउत लगायत नेपाली कांग्रेस लहान नगरपालिका वर्डा-२४ का सम्पुर्ण जेष्ठ नागरिकलाई बधाई तथा सम्मान गरेको नेपाली कांग्रेस वडा कार्यसमिति लहान न पा-२४,सिरहा का सहसचिब सुदिप महतोले बताए ।
कार्यक्रममा उपस्थिति भएको सम्पूर्ण नेपाली कांग्रेसका नेताहरुले माघ १५ मा हुन गईरहेको सिरहा जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका उम्मेदवार राम सुन्दर चौधरीलाई समर्थन गरि बिजय गराउने सहसचिब महतोले बताए ।






















