राजनीति

एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी

जगत ठाडा मगर
२०७८ पुस २८ | बिहान ०८:०९ बजे

सुर्खेत, पुस २८ । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी भएका छन् । अघिल्लो कार्यसमितिका उपाध्यक्ष बीसी ३६८ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी डण्डीप्रसाद शर्माले २६७ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पनि बिसी प्यानलकै कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भएका छन् । सचिवमा कविन्द्र केसीले ३९० मत प्राप्त गरेर विजयी भएका छन् भने दुई उप-सचिवमा घनश्याम पाण्डेले ३९१ र बलबहादुर नेपालीले ३६९ मत ल्याएर विजयी भएका छन् ।

एमाले सुर्खेतमा कुल ६६२ मतदाता रहेकोमा ६४९ जनाले मात्रै मतदान गरेका थिए । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष अमृत बिसी र सचिवालय सदस्य डण्डी शर्मा प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए ।

कमेन्टहरु