काेभिडबाट प्रभावितका लागि ब्यवसाय प्रबर्द्धनको सहयाेग


नन्दु यादव
नवलपरासी, पुस २८ । पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा न ७ भुजहवामा काेईका नामक सस्थाले समाबेशी ग्रामीण बिकास परियाेजना नवलपरासी स्थानियद्वारा पहल परियाेजना अन्तर्गत काेभिड १९ बाट प्रभाबितका लागि ब्यवसाय प्रबर्द्धन काे अार्थिक सहयाेग गरेकाे छ ।
सस्थाले वडा न ७ मा रहेका अामनागरिकहरलाई ब्यवसाय सन्चालन गर्नका लागि १३४ जना ब्यवसायीलाई ७० लाख बराबर आर्थिक सहयाेग गरिएकाे काेईका सस्थाकी कबिता कलवारले जानकारी दिनुभयाे । खास गरि काेभिडले गर्दा निकै प्रभावित भएका ब्यवसायलाई पुन संचालनका लागि अार्थिक सहयाेग गरिएकाे बताईएकाे छ ।
वडामा अहिले तरकारी पसल, फलफुल पसल, किराना पसल, सिलाईकटाई पसल, मिष्ठान भण्डार, सैलुन, साईकल, माेटर साईकल मर्मत पसल, जेसिबी चालक, पशुपालन लगायतकाे ब्यवसायहरु अहिले संचालन भएकाे वडा न ७ का वडा अध्यक्ष हेयात खान धुनियाले बताउनु भयाे । अहिलेकाे यी ब्यवसायले वडा न ७ मा बसाेबास गरेका अामनागरिक तथा ब्यवसायिहरु खुशियाली छाएकाे छ भने अार्थिक अवस्था पनि मजबुत हुने बिश्वास गरिएकाे छ ।
कार्यक्रम सरावल गाउँपालिका वडाअध्यक्ष हेयात खान धुनियाकाे अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा बन्दना काेईरीले स्वागत मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा समाबेशी ग्रामिण बिकास परियाेजनाका सुनिल दलाखले सस्थाले सहयाेग गरेकाे अार्थिक ब्यवसायलाई सदुपयाेग गर्नुपर्ने कुरामा जाेडदिनु भयाे । हामिले अार्थिक सहयाेग गरेका छाै तपाईहरुले ब्यवसायलाई थप अगाडि बढाउनुपर्ने कुरामा जाेडदिनु भयाे । यस ब्यवसायलाई ईमानदारीताका साथ संचालन गर्ने हाेभने घरपरिवारकाे दिनचर्या संचालन गर्न सहज हुने बिश्वास लिएकाे वहाँले बताउनु भयाे ।
त्यसैगरी, कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले ब्यवसाय संचालन भएपछि अब वडा न ७ काे अार्थिक अवस्था मजुबत हुने बुझिएकाे छ । अब यस ब्यवसायले यहाँकाे अार्थिक, सामाजिक, शैक्षिक लगायत क्षेत्र बिकास हुने बिश्वास लिएकाे बताईएकाे छ । कार्यक्रमलाई अमर यादवले संचालन गर्नुभएकाे थियाे ।






















