Opens in a new tab

देश

शहिद पत्रकार सिंहको १३औँ स्मृति दिवस लहानमा सम्पन्न

जगत ठाडा मगर
२०७८ पुस २८ | बिहान ०२:०९ बजे

महेश सिंह
सिरहा । शहिद पत्रकार उमा सिंहको १३औं स्मृति दिवस सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतका ठाँउमा मनाएका छन् । पत्रकार सिंहको १३औं स्मृति दिवस मनाउन नेपाल पत्रकार महासंघ सिरहा शाखा लगायत विभिन्न पत्रकार संघसंगठनहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाले मंगलबार साझ लहानको सहिद चोकस्थित महासंघको केन्द्रिय परिषद सदस्य तथा वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता, नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति मनोज बनैता यादव, कोषाअध्यक्ष बिरेन्द्र नेपाल लगायत विभिन्न मिडियाका दर्जनौं पत्रकारहरुको उपस्थितिमा सहिद सिंहको तस्बिरमा अबिर लगाई दिप प्रज्वलन गरी स्मृति दिवस मनाएका छन्।

पत्रकार उमा सिंहको हत्या भएको मंगलबार १३ वर्ष पूरा भएको छ । महिला हिंसा, तत्कालीन माओवादी द्वन्द्वपीडितको विषयमा खुलेर आलोचना गर्ने २५ वर्षीय सिंहको २०६५ पुस २७ गते हत्या गरिएको थियो ।स्थानीय रेडियो टुडे एफएममा कार्यरत उमाको जनकपुरधाम रजौलस्थित डेरामा घरेलु हतियार प्रहार गरी हत्या गरिएको थियो।

कमेन्टहरु