मुख्य समाचार

कोरोनाको समयमा सशस्त्र प्रहरी निरीक्षक राईले सीमा नाकालाई कमाई खाने भाडो बनाए, सम्बन्धित निकाय मुखदर्शक

जगत ठाडा मगर
२०७८ पुस २७ | मध्यान्ह ०६:०९ बजे

पर्सा, २७ पौष । पर्साको सीमावर्ती क्षेत्र महादेवपट्टी नाकालाई सशस्त्र प्रहरी निरीक्षक केदार राईले कमाई खाने भाडो बनाएका छन । कोरोनाको तेश्रो लहर चलिरहेकै बेला सीमा नाकामा कडाई गर्नुको साट्टो सीमा नाका हुँदै अबैध कारोबारलाई तिब्रता दिइएको घटनाले सशस्त्र प्रहरी निरीक्षक केदार राईको इमान्दारिता माथी नै प्रश्न चिन्ह खडा भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल संगठनलाई एउटा अब्बल संगठनको रूपमा मानिएपनि कोरोनाको लहरमा सशस्त्र प्रहरीले सीमा नाकामा निगरानी बढाउनुको साट्टो आफ्नो कमाई खाने भाडो बनाएको पुष्टि भएको छ । आफ्नो पदको मार्यादालाई उल्लंघन गर्दै आफ्नो संगठनको नीति निर्देशन विपरीत कार्य गर्दै सीमा नाकालाई कमाई खाने भाडो बनाएको बारे एक घटनाले चरितार्थ पारेको छ । पर्साको ग्रामीण भेगमा पर्ने महादेवपट्टी नाका हुँदै कुख्यात भारतीय तस्कर महादेव भनिनेलाई तस्करीको लाइन दिइएको घटनाले संगठनको नीति निर्देशन माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

बोर्डर आउट पोस्ट महादेवपट्टिका प्रमुख सशस्त्र प्रहरी निरीक्षक केदार राईले आफ्नो पद र पावरको दुरुपयोग गर्दै सीमा नाकाबाट भैसी तस्करीको लाइन दिइएको बारे संगठनकै माथिल्लो निकायसम्म खबर हुदा हुँदै मौन बस्नुले संगठनको नीति र निर्देशन माथी नै प्रश्न चिन्ह खडा भएको हो । महादेव भनिने भारतीय कुख्यात तस्करको रूपमा चिनिने गरिन्छ । महादेवले दैनिक रूपमा १ देखि २ सयको हराहरीमा भैंसी भारतबाट नेपाल भित्रयाउने गर्दछन, स्थानीयले बताए । उनका अनुसार भारतीय तस्कर महादेवले फालेको हड्डिका कारण स्थानीय बिओपीका कमान्डर सशस्त्र प्रहरी निरीक्षक केदार राई उम्किदै आएको आरोप लगाए ।

यता यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले संगठनको नीति निर्देशन विपरीत कार्य गरेको पाए कारवाही गरिने बताउनु भयो । उहाँले सशस्त्र प्रहरी बल नेपाल संगठनको नीति निर्देशन विपरीत कार्य गर्ने जोकोहीलाई पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता समेत गर्नुभयो । क्रमश:

कमेन्टहरु