राजनीति

नारायणहिटी दरबार संग्रहालयको क्याफे सञ्चालन प्रकरणमा कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

जगत ठाडा मगर
२०७८ पुस २७ | मध्यान्ह ०२:०९ बजे

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयमा क्याफे सञ्चालन सम्बन्धी विवादमा मुछिएका त्यहाँका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।

नारायणी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

मन्त्रालय स्रोतका अनुसार उनले कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा मन्त्रालयमा बुझाएका छन । नारायणहिटी दरबार संग्रहालयमा क्याफे सञ्चालनका लागि बतास समूहलाई दिइएको अवैधानिक ठेक्काका क्रममा कार्यकारी निर्देशक दाहाल पनि विवादमा मुछिएका थिए।

कमेन्टहरु