नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

जगत ठाडा मगर
२०७८ पुस २७ | मध्यान्ह ०२:०९ बजे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । यद्यपि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ।
यसअघि सोमबार मात्रै कोरोना संक्रमण देशभर बढेको भन्दै नेता नेपालले पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए।






















