राजनीति

सिरहा काङ्ग्रेसको सभापतिमा यादवको उम्मेदवारी घोषणा

जगत ठाडा मगर
२०७८ पुस २७ | मध्यान्ह ०१:०९ बजे

महेश सिंह

सिरहा, पुष २७ । नेपाली कांग्रेस सिरहाको जिल्ला सभापतिमा रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । सिरहाको जिरोमाइलस्थित निवासमा राम चन्द्र यादवले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।यादव अहिले पनि सिरहा कांग्रेसको जिल्ला सभापति हुन्।

नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र सप्तरीका सभापति दिनेश यादव लगायतका नेताहरुले निवासमै एक कार्यक्रमको आयोजना गर्दै राम चन्द्रलाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए।

त्यसपछि रामचन्द्रले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यादव पूर्वसांसद तथा संविधान सभा सदस्य समेत रहेका थिए । रामचन्द्र सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । रामचन्द्रले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरेका छन् । पहिलो पटक ३ सय मतान्तरले विजयी भएका थिए, उनले भने,‘यसपटक करिब ५ सय मतले विजयी हुने दाबी गरेका छन्।

रामचन्द्र पार्टी सभापतिमा पुनः दोहोरिने भएपछि कार्यकर्ताहरूमा उत्साह जागेको छ । यादवलाई कार्यकर्ताहरुले लोकप्रिय नेताको रूपमा मान्दै आएका आयोजकले जानकारी दिनु भयो।

कमेन्टहरु