देश

मोरङमा पाहुनाको हत्या, ८१ वर्षीय वृद्ध पक्राउ

नवलपुर टुडे
२०७८ पुस २७ | बिहान ११:०९ बजे

काठमाडौं, पुस २७ । मोरङमा गएराति ६१ वर्षीय वृद्धको हत्या भएको छ । जिल्लाको लेटाङ नगरपालिका–२ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए । सोमबार बेलुका भुजेलको आगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । बुढाथोकीको टाउको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

भुजेलले हत्या गरेपछि शव घिसारेर लैजाँदै गरेको छिमेकीले देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले सूचना पाएपछि भुजेललाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ । मदिरा सेवनपछि विवादका कारण हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कमेन्टहरु