भिल्लालाई हराउँदै युनाइटेड एफए कपको चौथो चरणमा

जगत ठाडा मगर
२०७८ पुस २७ | बिहान ०९:०९ बजे

काठमाडौं । प्रिमियर क्लब म्याचेस्ट युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। ओल्ड ट्रोफोर्डमा सम्पन्न खेलमा यनाइटेडले भिल्लालाई १-० ले हराएको हो।
यो जितसँगै युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। उसले चौथो चरणमा मिगल्सबर्गसँग फेब्रुअरी ५ मा खेल्नेछ।
सोमबार राति युनाइटेडको जितका लागि स्कट म्याक टोमिनेले गोल गरेका थिए। उनले खेलको आठौं मिनेटमा गोल गर्दै युनाइटेडलाई आग्रता दिलाएका थिए।
सो अग्रता जोगाउँदै उसले जित निकालेको हो। एफए कपमा यसअघि लिभरपुल, टोटेनहम, उल्भ्स र चेल्सीले जित निकालिसकेका छन्।






















