राजनीति

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन विहीबारदेखि सुरु हुने

जगत ठाडा मगर
२०७८ पुस २७ | बिहान ०९:०९ बजे

बिरेन्द्रनगर । कर्णाली प्रदेशसभाको हिउँदे अधिबेशन पुस २९ गते विहीबारबाट सुरु हुने भएको छ । यसअघि प्रदेशसभाकाे वर्खे अधिवेशन गएको असार अन्तिममा सकिएकाे थियाे ।

अघिल्लो साताको मन्त्रीपरिषद बैठकले हिउँदे अधिवेशनको मिति निर्धारण गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

बैठकले पुस २९ गते दिउँसो तीन बजेको समयमा बैठक आह्वानका लागि निर्णय गरेको थियो ।

कमेन्टहरु