Opens in a new tab

राजनीति

हेटौड़ामा हिन्दू परिषद नेपालको नगर कमिटी गठन

जगत ठाडा मगर
२०७८ पुस २७ | बिहान ०७:०९ बजे

मकवानपुर । हिन्दू परिषद नेपालले हेटौड़ामा नगर कमिटी गठन गरेको छ । मकवानपुर जिल्ला सचिव एनिश अधिकारीको सक्रियतामा हिन्दूवादी युवाहरुको भेलाले मिक्चल खत्रीको अध्यक्षता १७ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटिको वरिष्ठ उपाध्यक्ष संगीत रायमझी, उपाध्यक्ष रीजन श्रेष्ठ, सचिव सूजन लामा, सह-सचिव प्रेमहल लामा, कोषाध्यक्ष श्रीजन खत्री, सह-कोषाध्यक्ष उपेन्द्र धलान, कार्य समिति सदस्यहरुमा बिसान्त लिम्बु, आदित्य ठाकुरी, अभिषेक ठाकुरी, कृषक लामा, बिनीत पौडेल, इशान्त शाही, सतिल खड़का, सुजल शाही,आर्यन लामा र अंकित पौडेल रहेका छन।

नवगठित कमिटीलाई हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, पिंकी महासेठ, अधिवक्ता बिनोद प्रसाद कुर्मी, मकवानपुर जिल्ला अध्यक्ष राजाराम वर्माले बधाई एवं शुभकामना दिएका थिए।

कमेन्टहरु