देश

२५ वर्ष देखि फरार एक अभियुक्त नवलपरासी प्रहरीद्वारा पक्राउ

नवलपुर टुडे
२०७८ पुस २६ | मध्यान्ह ०७:०९ बजे

सुरेश यादव

नवलपरासी, पुस २६ । पश्चिम नवलपरासीको प्रहरीले २५ वर्ष देखि फरार रहेका एक अभियुक्तलाई आज पक्राउ गरेकाे पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभयाे ।

जिल्ला अदालत नवलपरासीबाट कुटपिट लुटपिट मुद्दामा मिति २०५३ साउन २७ गते फैसला भई तत्काल १ महिना ६ दिन कैद र रु ५ सय ५० ताेकिई सजाय भुक्तान गर्न बाकी रहेका एक जना अभियुक्तलाई प्रहरी चाैकी गाेबरहियाबाट खटिएको प्रहरी टाेलीले निजकै स्थायी वतन नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा नं ४ स्थितबाट पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

निजलाई आजै आवश्यक कार्वाहीकाे लागि नवलपरासी जिल्ला अदालतमा पेस गरिएको र जिल्ला अदालतकाे आदेश अनुसार सजायकाे लागि जिल्ला करागार चलान गरिएको सुचना अधिकारी शाहीले बताउनुभयो ।

कमेन्टहरु