नेकपा एमाले नवलपुर अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत


नवलपुर । नवलपुरमा एमाले अधिबेशन लामो रस्साकस्सी पछि अनन्त: एमाले नवलपुरले नयाँ नेतृत्व पाएको छ।
शुक्रबार देखि सुरु भएको एमाले नवलपुरको अधिवेशनबाट अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत चयन गरेका छ्न । शुक्रबार उदघाटन भएको अधिवेशनको बन्दसत्र शनिबार देखि सुरु भए पनि आकांक्षीहरु बीच सहमति हुन नसक्दा आईतबार बन्द सत्रले सर्वसम्मत बनाएर घोषणा गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको थियो ।
अध्यक्षका दाबेदार निवर्तमान अध्यक्ष रोशन गाहा र सचिव जीवन श्रेष्ठ दुवैले दाबी नछोडे पछि अध्यक्ष मण्डलले पाण्डेको नाममा सहमति गरेको हो ।
स्रोतका अनुसार गाहा र श्रेष्ठले एक अर्कालाई स्विकार गर्न नसकेका तर पाण्डेको नाममा दुवै जना सहमत भएका हुन । त्यसै गरि उपाध्यक्षमा मनविर थापा, सचिवमा भिमलाल अधिकारी र उपसचिवमा भिमलाल कंडेल र यमुनाथ आचार्य सर्वसम्मत चयन गरिएको घोषणा निर्वाचन समितिका संयोजक तिर्थ कंडेलले गरेका हुन ।






















