देश

नवलपरासी टेलरिङ्ग व्यवसायी संघकाे दाेस्राे वार्षिक साधारणसभा सम्पन्न

नवलपुर टुडे
२०७८ पुस २६ | मध्यान्ह ०४:०९ बजे

सुरेश यादव

नवलपरासी, पुस २६ । आज नवलपरासी टेलरिङ्ग व्यवसायी संघकाे दाेस्राे वार्षिक साधारणसभा उधाेग वाणिज्य संघ नवलपरासीको सभाहलमा नवलपरासी टेलरिङ्ग व्यवसायी संघ जिल्ला कार्य समिति नवलपरासी (ब.सु.प)को आयाेजनामा सम्पन्न भएकाे छ ।inbound8153416094128802053

नवलपरासी टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष राजु देवानकाे अध्यक्षता तथा पुर्व गृहराज्य मन्त्री एवम् प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यता एवम् नेपाल टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष गाेपाल परियार, लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समिति नवलपरासीका सभापति शिवशंकर राय र रामग्राम नगरपालिकाका उपप्रमुख रम्भा कुवरकाे विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएकाे हाे ।

inbound5517177485403753779

कार्यक्रममा स्वागत मन्तव्य लालबहादुर सहानीले गर्नुभएकाे थियाे भने शुभकामना मन्तव्य नवलपरासी टेन्ट व्यवसायी संघका सचिव दिलिप गुप्ता, उधाेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, रामग्राम जेसिज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणी चाैधरी, उधाेग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, नेपाल जेसिज वर्ष २०२२ का उपाध्यक्ष सन्दिप अग्रहरी र नेपाल टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष गाेपाल परियारले राख्नुभएको थियोे ।

कार्यक्रममा नवलपरासी टेलरिङ्ग व्यवसायी संघका उपाध्यक्ष दिलबहादुर थापा क्षेत्री, उधाेग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्ता, रामग्राम नगरपालिका वडा नं २ का वडा अध्यक्ष चन्द्रिका अग्रहरी, वडा नं ५ का वडा अध्यक्ष बिनाेद कुवर, वडा नं ६ का वडा अध्यक्ष जितेन्द्र अग्रहरी, वडा नं २ का वडा सदस्य धिरज हलुवाई, पत्रकार सुरेश यादव लगाएतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन रामग्राम नगरपालिका वडा नं ४ का वडा सदस्य अनिता दवाडी तिवारीले गर्नुभएको थियो ।

कमेन्टहरु