लाइसेन्स परीक्षामा ५० प्रतिशत भन्दा बढी डाक्टर फेल

नवलपुर टुडे
२०७८ पुस २६ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको नाम दर्ता परीक्षा (लाइसेन्स) मा ५० प्रतिशतभन्दा बढी फेल भएका छन् । लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका हुन् ।
गत पुस २२ देखि २५ गतेसम्म संचालन भएको लाइसेन्स परीक्षामा एमबीबीएस र बीडीएसतर्फ गरी कुल २ हजार १५४ जना सहभागी भएका थिए । ती मध्य जम्मा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै, १ हजार १०६ जना अनुत्तीर्ण भएका हुन् ।
एमबीबीएसतर्फ १७३४ जना र बीडीएसतर्फ ४३५ जनाले आवेदन दिएको नेपाल मेडिकनल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।






















