देश

सेती प्रादेशिक अस्पतालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

जगत ठाडा मगर
२०७८ पुस २६ | मध्यान्ह ०१:०९ बजे

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ८७ जनाको नमूना परीक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये ३ जनाको आइसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

कमेन्टहरु