दाङ बस दुर्घटना अपडेट : ९ महिने शिशुकाे मृत्यु


दाङ, पुस २६ । दाङमा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका नौ जना मध्ये एक शिशुको मृत्यु भएको छ ।
वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दाङ देउखुरीको सिसहनियाँमा दुर्घटना हुँदा नाै जना घाइते भएका थिए । भारतीय नागरिक असिर आलकका ९ महिनाका छाेरा नानु आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै उनकाे मृत्यु भएको हाे । शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ ।
अन्य घाइते हुनेमा वीरगञ्ज उपमहानगरपालिका–१६ का ३५ वर्षीय रतन शाही, रौतहटकाे पूर्वाह गाउँपालिका–६ का ३४ वर्षका रामविनायक कुर्मी, भारतकाे विहारका ४० वर्षीष सन्सात खातुन र एन्डिल आलक रहेका छन् ।
यस्तै सुर्खेतकाे सिन्चु नगरपालिकाका १७ वर्षीय दिलबहादुर क्षेत्री, बर्दियाकाे गेरुवा गाउँपालिका–१ बस्ने ३८ वर्षका पूर्णप्रसाद पाण्डे, बाँकेकाे कोहलपुरकी ३५ वर्षीया शान्ता वली, हुम्लाकाे तातोपानी गाउँपालिका ७ का ४५ वर्षीष धनबहादुर रावत र सोही ठाउँ बस्ने ५२ वर्षका गोरख रावत रहेका छन् । बसमा २० जना यात्रु सवार रहेका थिए ।






















