देश

काठमाडौमा सडक पार गर्दा गाडीको ठक्करले दुई जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस २६ | बिहान ०९:०९ बजे

काठमाडौं, पुस २६ । सडक पार गर्ने क्रममा टिप्पर र मोटरसाइकले ठक्कर दिँदा काठमाडौंमा दुई जना पैदल यात्रीको मृत्यु भएको छ।

काठमाडौंको बिजुली बजारमा सडक पार गर्दा गएराति टिप्परले ठक्कर दिँदा विपिन विकको मृत्यु भएको छ। कालिकोटका २२ वर्षीय विपिनलाई सडक पार गर्ने क्रममा टिप्परले ठक्कर दिएको थियो । उनको घटनास्थ्लमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई ठक्कर दिने चालक र टिप्परको खोजी भइरहेको प्रहरीको भनाइ छ।

त्यस्तै, काठमाडौंकै मिनभवन अगाडि सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा रामेछापका जीवनाथ गौतमको मृत्यु भएको छ । ६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२ ० ३१ प ७५ ६२ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्टहरु