सिरहा कांग्रेसको सभापतिमा रामचन्द्र यादवको उम्मेदवारी घोषणा

जगत ठाडा मगर
२०७८ पुस २६ | बिहान ०८:०९ बजे

विनोद मण्डल
सिरहा, २६ पुस । नेपाली काँग्रेस सिरहा सभापतिमा रामचन्द्र यादवले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी वर्तमान जिल्ला सभापति र पूर्व साँसद पनि हुन् ।
जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर नेपाली काँग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताहरुले उनलाई सभापतिको उम्मेदवार घोषणा गरेका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावी समेत गरे ।
जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पुरा प्यानल विजयी हुने दावी गरे ।






















