देश

कलेजको विषयमा निर्णय भएको छैन्, सञ्चालनमा रहेका परीक्षा रोकिन्न : सिसिएमसी

जगत ठाडा मगर
२०७८ पुस २६ | बिहान ०७:०९ बजे

काठमाडौं, पुस २५ । कोभिड-१९ व्यवस्थापन समितिको बैठकले देशभरका विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेपनि सञ्चालनमा रहेका कुनै पनि परीक्षाहरु भने जारी नै रहनेछन् ।

माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेपनि सञ्चालनमा रहेका कुनै पनि परीक्षाहरु भने नरोकिने कोभिड १९ व्यवस्थापन समितिकी प्रवक्ता तथा सह-सचिव सुनिता नेपालले बताईन् । ‘हामीले गृह मन्त्रालयमा पठाएको १३ बुँदे निणर्यमध्ये माघ १५ गतेसम्म विद्यालय सञ्चालनमा नल्याउने पनि एक हो,’ उनले भनिन्, ‘कलेजहरुको विषयमा कुनै निर्णय भएका छैनन् । सञ्चालित रहेका परिक्षाहरु पनि रोकिँदैनन् ।’

ओमिक्रोन संक्रमण दर दिनप्रति दिन बढ्दै गएका कारण सतर्कता स्वरुप विद्यालयहरु बन्द गर्न आग्रह गरेको नेपालले बताइन् । कोभिड १९ व्यवस्थापन समितिले पठाएको निणर्य गृह मन्त्रालयले सूचना जारी गरेलगत्तै उक्त निर्णयहरू लागु हुने उनले जानकारी दिइन् । देशभरका विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेको समाचार बाहिरिएसँगै परीक्षा दिइरहेका विद्यार्थीहरू अन्यौलमा परेका थिए ।

कमेन्टहरु