देश

दाङा बस दुर्घटना हुदा ९ जना घाईते

जगत ठाडा मगर
२०७८ पुस २६ | बिहान ०७:०९ बजे

बुटवल । दाङमा बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस सोमबार बिहान ३ः३५ बजे राप्ती गाउँपालिका–५ दोलहीदोला नजिक दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा त्यसमा सवार २० मध्ये ९ यात्रु घाइते भएका इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।घाइतेहरूलाई लमहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।

कमेन्टहरु