सुदूरपश्चिममा वर्षा, कस्ताे रहला आज दिनभर देशभरकाे माैसम ?


काठमाडौ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ । अहिले बिहान कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश २ र १ मा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ ।
आज राति सुदूरपश्चिम र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले गरेकाे छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएकाे छ । चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन माैसमविद्ले आग्रह गरेका छन् ।






















