समाज

सामाजिक अभियान्ता पन्थीद्वारा ज्ञानाेदय प्राविका २८ जना विद्यार्थीलाई न्यानाे कपडा एवम खाद्यान्न हस्तान्तरण

जगत ठाडा मगर
२०७८ पुस २५ | मध्यान्ह ०८:०९ बजे

पाल्पा । जिल्लाकाे पछिल्लो समयमा सामाजिक कार्यमा अग्रसर रहनुभएकी सामाजिक अभियान्ता मिना पन्थीले जिल्लाकाे तानसेन नगरपालिका वडा न १३ केरावादी स्थित ज्ञानाेदय प्राविका २८ जना विद्यार्थीहरूलाई जाडाेकाे समयमा न्यानाे कपडा अभियान अन्तर्गत न्यानाे कपडा स्विटर एवम काेभिड माहामारीकाे तेस्रो लहरलाई मध्ये नजर गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानका अार्थिक विपन्न परिवार, संघसस्था एवम समुदायका समक्ष पुगी सामाजिक कार्यमा अग्रसर रहनुभएकी पन्थीले विद्यार्थीहरूलाई न्यानाे कपडा मात्र नभइ ३ विपन्न परिवारलाई राहत समेत प्रदान गर्नुभएको छ । पन्थीले दैनिक जीवनयापन गर्न कठिनाई भएका परिवारकाे छनाेट गरि चामल, नुन, तेल, दाल लगायतका खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको हाे ।

नेपाल महिला संघ पाल्पाकी उपाध्यक्ष समेत रहनुभएकी सामाजिक अभियान्ता पन्थीले समाजमा पिछडिएका वर्ग तथा समुदाय समक्ष पुगी सामाजिक भावनाले कार्य गर्दै अाउनुभएकाे छ । न्यानाे कपडा एवम खाद्यान्न हस्तान्तरण गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी पन्थीले अाफु व्यक्तिगत रूपमा जिल्लाका विभिन्न स्थानहरूमा सामाजिक उत्तरदायित्वकाे भावनाले सामाजिक कार्य गर्दै अाएकाे बताउनुभयो ।

पन्थीले जिल्लामा विकासका हिसावले पछाडि परेका एवम भाैगाेलिक रूपमा विकटताका विद्यालयहरू, अार्थिक विपन्न तथा पिछडिएका वर्ग एवम संघ सस्थाहरूलाई केन्द्रित गरि विभिन्न सामाजिक कार्यहरू अगाडि बढाएकाे बताउनुभयो । साथै ज्ञानाेदय प्राविका विद्यार्थीहरूलाई जाडाेकाे समयमा न्यानाे कपडा अभियान अन्तर्गत न्यानाे कपडा, काेभिडकाे जाेखिमलाई मध्ये नजर गरि माक्स, सेनिटाइजर एवम ३ विपन्न परिवारलाई खाद्यान्न हस्तान्तरण गरेको बताउनुभयाे ।

अागामी दिनमा अझ अार्थिक अवस्था कमजाेर भएका व्यक्ति, संस्था एवम समुदाय समक्ष पुगी सामाजिक कार्यलाई तिव्रताका साथ अगाडि बढाउने पन्तको भनाइ छ । कार्यक्रआ तानसेन नगरपालिकाकी नगर कार्यपालिका सदस्य कमला भण्डारीले न्यानाे कपडा वितरण एवम खाद्यान्न हस्तान्तरण कार्यक्रमले लक्षित विद्यालय एवम समुदायका नागरिकहरूलाई फाइदा पुग्ने बताउनुभयो ।

साथै नगरपालिकाकाे ज्ञानाेदय प्राविलाई छनाेट गरि कार्यक्रम ल्याउनुभएकाेमा अभियान्ता पन्थीलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रअ सुरविराम भण्डारीले अभियान्ता पन्थीले माैसम अनुसारकाे न्यानाे कपडा वितरण कार्यक्रम ल्याउनु भएकाेमा विद्यालयतर्फबाट धन्यवाद दिनुभयाे । कार्यक्रममा तानसेन नगरपालिका वडा न १३ का वडा सदस्य गिता भट्टराई, सामाजिक अभियान्ता गिरिजा गैरे लगायत स्थानीय समाजसेवी एवम बुद्धिजीवीहरूकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर बहादुर रेस्मीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

कमेन्टहरु