राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सहसचिव पवन प्रसाद साहलाई जिम्मेवारी

जगत ठाडा मगर
२०७८ पुस २५ | मध्यान्ह ०५:०९ बजे

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सह- सचिवमा पवन प्रसाद साहलाइ जिम्मेवारी दिएको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको जिल्ला कार्यसमितिको सम्झना होटलमा बसेको बैठकबाट पवन प्रसाद साहलाई जिल्ला सह- सचिवको जिम्मेवारी दिइएको हो ।

सहसचिवका जिम्मेवारी पाइएका पवन प्रसाद साहले ५ बर्ष देखि वीरगंज महानगरपालिका वडा नं १७ अलौगका वडा इकाई सचिव पदमा बसि पार्टी प्रति इमान्दारी पूर्वक कार्यकाल सफलता गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको वीरगंज महानगरपालिकाको नगरकार्य समितिको सचिव पदमा बसी कामकाज गर्दै आएको मुल्यांकनको आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको जिल्ला सहसचिव साहलाई जिम्मेवारी दिइएको छ ।

कमेन्टहरु