देश

मुक्तिनाथ विकास बैंकले पायो ‘एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२१’

जगत ठाडा मगर
२०७८ पुस २५ | मध्यान्ह ०४:०९ बजे

बुटवल । मुक्तिनाथ विकास बैंकले कर्पोरेट क्लबले प्रदान गर्ने एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२१ अवार्ड प्राप्त गरेको छ ।

काठमाडौंमा हालै आयोजना भएको कार्यक्रमबीच मुक्तिनाथ विकास बैंक वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रूपमा उक्त अवार्डले सम्मानित गरिएको हो । उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले ग्रहण गरेका हुन् ।

मुक्तिनाथ विकास बैंकले हाल डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकका एटीएम कार्ड प्रयोग गरी भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङलगायतका सेवाह बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरेको छ ।

कमेन्टहरु