Opens in a new tab

देश

विवेकशील साझाको मेची/महाकाली राष्ट्रिय एकता यात्रा स्थगित

जगत ठाडा मगर
२०७८ पुस २५ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस २५ । विवेकशील साझा पार्टीले ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगित गरेको छ । कोरोनाभाइरस संक्रमण जोखिम बढेको भन्दै विवेकशीलले राष्ट्रिय एकता यात्रा स्थगित गरेको हो ।

विवेकशीलका प्रवक्ता शरदराज पाठकले आइतबार प्रेस विज्ञप्ति जारी गरेर यही २७ पुसदेखि १६ माघसम्म गर्ने भनिएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ कोरोनाभाइरस संक्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले स्थगन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरसहित विभिन्न जिल्लामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथमा मनाउने पार्टीले निर्णय गरेको छ ।

कमेन्टहरु