एमाले सप्तरीको अध्यक्षमा चौधरी सर्वसम्मत


सप्तरी, २५ पुस । नेकपा एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन भएका छन् । एमालेको ९औं जिल्ला अधिवेशनको सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकामा भएको बन्द सत्रले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
चौधरी दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । बन्दसत्रले चौधरीको नेतृत्वमा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, सह सचिवमा अखिलेश झा र कुसुम आचार्यलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा बृजनारायण साह, युक्ति मरिक, बिन्दी मोची, विरबहादुर मर्स्याङ्दी मगर, देवनारायण श्रेष्ठ, बद्रीनारायण चौधरी, चन्द्रमान विक, चौठीलाल खंग, लक्ष्मी मण्डल लगायत चयन रहेका छन् ।
अधिवेशनले शंकर देव, मन्जु साह, भोला राउत, कुन्जीलाल चौधरी, मो. युनिस, चित्रकला मगर, रामबृक्ष महतो, भुवन के.सी., शत्रुघ्न प्रसाद यादव, मागैन मंडललगायत २३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।
नवनिर्वाचित कमिटीलाई एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुबिर महासेठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।






















