समाज

प्रेस चौतारी चितवनको अधिवेशनमा दुई पत्रकारलाई सम्मानित

जगत ठाडा मगर
२०७८ पुस २५ | मध्यान्ह ०१:०९ बजे

चितवन, पुस २५ । प्रेस चौतारी चितवनको सातौँ अधिवेशनमा पुराना दुई पत्रकार सम्मानित भएका छन् । डा शारदा तिलचन्द्र पत्रकारिता पुरस्कारबाट जनक अर्याल र द्वारिका नेपाल पत्रकारिता पुरस्कारबाट नारायण सापकोटा सम्मानित भएका छन् ।

पत्रकार अर्याल नगद २० हजार र सापकोटा नगद ११ हजार १११ रुपैयाँबाट सम्मानित भएका हुन् । द्वय पत्रकारलाई प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सम्मान गरेका थिए ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुभास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, पुरस्कार दाता डा तिलचन्द्र भट्टराई, पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टरका उपाध्यक्ष राजेन्द्र आचार्यलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा प्रेस चौतारीका पूर्वअध्यक्षहरु, केन्द्रीय सदस्यहरुलगायतलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । प्रेस चौतारी चितवनको नयाँ कार्यसमिति बन्ने छ ।

कमेन्टहरु