नवलपुरको अरुणखोलामा रहेको आईएमईमा चोरी

नवलपुर टुडे
२०७७ मंसिर २७ | बिहान १०:०८ बजे

नवलपुर । पूर्वी नवलपरासीको अरुणखोलामा रहेको आइएमईमा गए राति चोरी भएको छ । प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा रहेको विन्देश्वरी इन्टरप्राइजेज नामको आइएमईमा चोरी भएको हो ।
प्रहरीका अनुसार उक्त आईएमईबाट ११ लाख नगद, २ वटा ल्यापटप र दुई वटा कम्प्युटरको सिपियु चोरी भएको छ तथापि चोरी भएका सामग्रीको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
उक्त इन्टरप्राइजेज विन्दु श्रेष्ठ र ईश्वर श्रेष्ठको नाममा रहेको आइएमईमा भएको चोरी घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
शनिबार विहान आईएमईको सटर खुल्ला देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आईएमईको सटर फोडेर चोरी गरेको प्रहरीले जनाएको छ ।























