नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

जगत ठाडा मगर
२०७८ पुस २५ | मध्यान्ह १२:०९ बजे

काठमाडौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल तीन वर्ष कार्यकाल पूरा भई बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि दर्खास्त आह्वान गरेको छ ।
कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी गत २२ पुसमा निगमबाट बिदाइ भएका हुन् ।
निगमको कार्यकारी निर्देशकका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।























