उखु कृषक कृषि सहकारीको साधारणसभा, किसानकै चिनिमिल आबश्यक : मन्त्री शाही


नन्दु यादव
नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९ बेलाटारीमा रहेकाे उख कृषक कृषि सहकारी काे प्रथम साधारण सभा सम्पन्न भएकाे छ । सस्थाका अध्यक्ष सुनिल गुप्ताकाे अध्यक्षता तथा लुम्विनी प्रदेश सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री अजय बहादुर शाहीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा सुभा अलि असारीले स्वागत मन्तब्य दिनु भएकाे थियाे । कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अञ्जु कुमारी चौधरीले उखु किसानका समस्या प्रति गाउँपालिका पनि चिन्तित रहेको बताउनुभएको थियो । चौधरीले उखु किसानका लागि गाउँपालिकाको तर्फबाट हुने सहयोग गर्नका लागि सदैव तयार रहेको बताउनुभएको थियो ।
त्यसैगरी, सहकारीका संस्थापक धिरज त्रिपाठीले उखु किसानहरु चिनी मिल संचालकहरुबाट बर्षौ देखी पिडित बन्दै आएकोमा किसानहरुलाई एकजुट बनाउँदै सहकारीको स्थापना गरेको बताउनुभएको थियो । सहकारी मार्फत केही बर्षमै चिनी मिल संचालन गर्नेमा आफु आसाबादी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लुम्विनी प्रदेश सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री अजय बहादुर शाहीले उखु किसानहरुको समस्या समाधानका लागि किसानहरुले नै संचालन गर्ने चिनि मिल आवश्यक रहेको बताउनुभएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको उखु कृषक कृषि सहकारीकोे प्रथम बार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शाहीले अव सरकार र किसानको सहभागिता रहनेगरी चिनीमिल संचालन गर्नु पर्ने बताउनुभएको थियोे ।
मन्त्री शाहीले सरकारको ५१ प्रतिशत शेयर र बाँकी कृषकहरुको शेयर रहनेगरी चिनीमिल संचालन गर्नका लागि आफ्नो तर्फबाट निरन्तर प्रयास रहने बताउनुभएको थियो । शाहीले सहकारी मार्फत किसानहरु स्वयम उद्योगी बन्ने गरी अगाडि बढ्नका सबै एकजुट हुनका लागि आग्रह समेत गर्नुभएको थियो । साधारणसभामा अध्यक्षले वास्तविक तथा भाबी कार्य योजना तथा सहकारी मार्फत उखु चिनिमिल स्थापना गर्ने अभियानको कार्ययोजना प्रस्ताव पारित गरेको छ भने, कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका कोषाध्यक्ष राम ब्यास यादवले एक बर्षको अवधीमा सहकारीले एक करोड बराबरको आर्थिक कारोबार गर्न सफल भएको बताउनुभएको थियो । सहकारीमा १ सय ९४ जना कृषक आवद्ध रहेको बताईएको छ । सचिव दिपक अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।






















