ओमिक्रोन भाइरसबाट हुन सक्ने जोखिम पहिचान गरि योजना बनाउनु पर्ने : मौलाना मशहूद


कृष्णनगर, पुष २४ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सन्चार मन्त्री तिलक राम शर्मा र आर्थिक मामिला तथा योजना राज्य मंत्री शुष्मा यादवले आज कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर र सेमरामा निर्माण भैरहेको होल्डिंग सेन्टरको अनुगमन तथा निरिक्षण गरेका छन् ।
उपरान्त मन्त्रीहरु कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवामा नेकपा (माओवादी केन्द्र) लगायत अन्य नेता तथा कार्यकर्ताको भेटघाट कार्यक्रम नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खानको निवासमा भएको थियो ।
उक्त भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले केहि समय अगाडि कोभिड -१९ ले प्रदेशमा बसोबास गर्ने व्यक्तिहरूको आर्थिक अवस्था कमजोर भएको अवगत गराउदै पुनः ओमिक्रोन भाइरसको जोखिम बढ्ने सम्भावना रहेकाले प्रदेश स्तरमा विस्तृत रूपमा रोकथाम गर्न तथा हुन सक्ने सम्भावित जोखिम पहिचान गरि विशेष योजना बनाउन समेत मन्त्रीहरूसँग माग गरे ।
नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां लगायत निर्वाचित सम्पूर्ण पदाधिकारीलाई उपस्थित मन्त्रीहरूले बधाई समेत दिएका थिए ।
उक्त भेटघाट तथा छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य हजरत अली खान, युवा नेता तो फेल खान, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, नियाज अहमद, रूद्र लाल बन्जाडे, अजय गोयल, जुम्मन खा, गीता वर्मा, प्रहलाद यादव, अब्दुल अजिज , जुबेर खान, विनय शर्मा, खुर्सेद आलम, शाहिद खान, लगायत अन्य नेता तथा कार्यकताहरूले आ- आफ्नो क्षेत्रको समस्या दर्शाउदै विविध विषयमा विस्तृत क्षलफल भएको तथा पार्टीलाई थप मजबुतीका साथ लैजानुपर्ने कुरामा जोड दिइएको थियो ।






















