देश

शुलक्ष्य कृषि सहकारी सस्था लि. भुजहवाकाे ७औं साधारणसभा सम्पन्न

जगत ठाडा मगर
२०७८ पुस २४ | मध्यान्ह ०८:०९ बजे

नन्दु यादव
नवलपरासी, पुस २४ । पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका वडा न ६ भुजहवामा रहेको शुलक्ष्य कृषि सहकारी सस्थाको साताै साधारण सभा अाज सम्पन्न भएको छ ।

ग्रामीण क्षेत्रमा रहेका जनताहरुको लागि आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस सस्थाले बिभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम समेत सञ्चालन गर्दैै आएको हाे । आ ।ब २०७७/७८को ५ कराेड६५ लाख ९२ हजार ९सय ४८ रुपैया बराबरको आय ब्यय प्रस्तुत भएको थियो । जसमा यस सस्थाले २३ लाख ३५ हजार ३ सय ८१ रुपैया बराबरको शुद्ध नाफा गर्न सफल भएको छ ।

यस सस्थाले कृषि, पशुपालन, बैदेशिक रोजगार र शैक्षिक लगायतको क्षेत्रमा लगानी गरि यस क्षेत्रका जनताहरुको आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस सस्थाका ब्यवस्थापक सन्ताेष कुमार कुशवाले बताउनु भयो । यसै गरि घरघरमा सदस्य बनाउने समेत लक्ष्य रहेको बताईएको छ।

कार्यक्रम सस्थाको अध्यक्ष सत्येश्वर पाण्डेकाे अध्यक्षता तथा पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यता तथा पुर्व सासद देवकरण कलवारकाे विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सस्थाका सदस्य शम्भु प्रसाद गुप्ताले स्वागत मन्तब्य दिनु भएकाे थियाे । कार्यक्रममा सस्थाका सदस्य जितेन्द्र यादव, पत्रकार नन्दु यादव, समाजसेवी, दिपक क्षेत्री, नेवास यादव, लुम्बिनी प्रदेश कृषि निर्देशनालयका देवेशकुमार मिश्रा, सरावल गाउँपालिका वडा न ७ का वडा अध्यक्ष हेयात खान धुनिया, प्रतापपुर गाउँपालिका वडा न ४ का वडाअध्यक्ष जन्त्री बरई, सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी लगायतले संस्थाको प्रगतिको लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कण्डेलले सहकारीले देशको मेरुदण्डको रुपमा रहेकोले सबैले सहकार्य गरि सहकारीहरुलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।किसानहरुलाई राहात हुने भएकोले सबैजना मिलि गाउँगाउँमा सहकारीको स्थापना गरिनुपर्ने अावश्यक रहेकाे बताउनु भयो । दलालहरुले गरिब जनताहरुलाई मिटर ब्याजमा पैसा लगानी गरि गरिब जनताहरुलाई दुख दिने गरेकाे बताउनु भयाे । अब सबै किसान दाजुभाई तथा अामनागरिकहरुले अब सहकारीबाट सस्ताे ब्याजमा काराेबार गरिनु पर्ने अवस्था अाएकाे बताउनु भयाे ।

साथै यस क्षेत्रमा रहेकाे बाढी समस्या बारे डिपिअार तयार भईरहेकाेले अबकाे केही समयमा बाढी समस्या समाधान गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।साथै उखुकाे भुक्तानी समस्यालाई मध्यनजर गर्दै समाधान गर्न तर्फ अाफु लागि परेकाे बताउनु भयाे ।कार्यक्रमलाई सस्थाका सचिव महादेव यादवले संचालन गर्नु भएकाे थियाे ।

कमेन्टहरु