शंकर परियारले गुमाय ज्यान कलंकि दुर्घटनामा

नवलपुर टुडे
२०७७ मंसिर २६ | मध्यान्ह ०९:०८ बजे

मंसिर २६,काठमाण्डाेै।
ब्रेक फेल भई कलंकिमा भएको दुर्घटनामा परी ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षका शंकर परियाको मृत्यु भयकाे ट्राफिक प्रहरी निरिक्षक पुरुषाेत्तम कार्किले फाेनमार्फत नवलपुर टुडे लाई जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी सात जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा सप्तरीका रञ्जित चौधरी, गणेश शर्मा, साजन खत्री, धादिङका रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका सुजन मानन्धर, बानेश्वरका विशाल श्रेष्ठ र कास्कीका सन्ध्या थिङ छन् भने घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।
घाइतेको उपचार बल्खु स्थित बयोधालगायत अस्पतालमा भइरहेको छ । ट्रकको ठक्करबाट बा २ ज २०४७ नंको ट्याक्सी, बा ४ च २२१ पिकअप भ्यान, बा ४ ख ३२५२ नम्बरको बस, बा ५१ प ४९५१ नंबरको मोटरसाइकल, प्रदेश ३ -०२००६ प १३४१ को मोटरसाइकल र बा ४७ प २४१५ नंको स्कुटरमा क्षति पुगेको छ ।


















