जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ जहदाको आठौ पुस्तकालय स्थापना दिवस सम्पन्न


रामु भुसाल,
बुटवल । जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ जहदाको आठौ पुस्तकालय स्थापना दिवस विविध कार्यक्रम गरि शनिबार सम्पन्न गरिएको छ । स्थापना दिवसको अवसर पारि लायन्स क्लब अफ बुद्धमंगल र नेपाल रेडक्रश शोसाइटी बुद्धमंगल उपशाखाको सहकार्यमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
पुस्तकालयका अध्यक्ष सुरज केसीको अध्यक्षता तथा लायन्स क्लब अफ बुद्धमंगलका प्रथम अध्यक्ष गजेन्द्र गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बर्दघाट १२ र १३ का १४ जना पुरुष र १ जना महिला गरि १५ जनाले रक्तदान समेत गरेको ट्याग परियोजना कार्यक्रम संयोजक एवं प्रशिक्षक लक्ष्मी धिताङले जानकारी दिएका थिए ।

पुस्तकालयद्वारा संचालित सो कार्यक्रममा विभिन्न परियोजनाका कर्मचारी, ट्याग परियोजनाका किशोरी, समाजसेवी, बुद्धिजिवी, कार्य समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । भने कार्यक्रम सञ्चालन पुस्तकालयका सचिव गोपाल सिँह आलेले गरेका थिए ।






















