रामग्राम बचत तथा ऋण सहकारी संस्था लि.काे १९औं वार्षिक साधारणसभा सम्पन्न


सुरेश यादव
नवलपरासी, पुस २४ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ३ मा रहेकाे रामग्राम बचत तथा ऋण सहकारी संस्था लि.काे आज १९औं वार्षिक साधारणसभा लिटिल एञ्जेल्स माध्यमिक विद्यालयकाे स्मार्ट हलमा सम्पन्न भएकाे छ ।
रामग्राम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जनार्दन ठाकुरकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका उपप्रमुख रम्भा कुवरकाे प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा आ.व २०७७/०७८ काे प्रगति प्रतिवेदन तथा चालू आ.व २०७८/०७९ काे लागि प्रस्तावित कार्यक्रम बारे संस्थाका सचिव माेहन पाैडेले प्रस्तुत गर्नुभएको थियोे भने आ.व २०७७/०७८ काे आर्थिक प्रतिवेदन संस्थाका काेषाध्यक्ष चन्द्रमणि चाैधरीले प्रस्तुत गर्नुभएको थियाे र लेखा परिक्षण प्रतिवेदन टंकराज पाण्डेयले प्रस्तुत गर्नुभएको थियाे ।
कार्यक्रममा उपभोक्ता हकहित संक्षरण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, संस्थाका संस्थापक अध्यक्ष सुमन गाेपाल आचार्य, पुर्व अध्यक्ष मेघराज गाैतम लगायतकाे उपस्थिति रहेकाे थियाे भने, कार्यक्रम सञ्चालन संविधान र संस्थाका सचिव माेहन पौडेलले गर्नुभएको थियाे ।






















