देश

बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस २४ | मध्यान्ह ०४:०९ बजे

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ हब्रहवा बस्ने ३३ वर्षीया चाँदनी थारुको बाघको आक्रमणमा परी मृत्यु भएको छ । उनलाई शनिबार बिहान बाघले आक्रमण गरेको थियो ।

सोही ठाउँस्थित सदाबहार सामुदायिक वनमा अन्य महिलाहरूसँग मिलेर सालको पात टिप्न गएकोमा चाँदनीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

उनको शव ईलाका प्रहरी कार्यालय भगवानपुर र अस्थायी प्रहरी पोष्ट फत्तेपुर ‘ख’ बाट खटिएको संयुक्त प्रहरीले जंगलमा फेला परेको थियो ।

कमेन्टहरु