समाज

हिन्दू परिषद नेपालको जगरनाथपुर गाँउपालिकामा कमिटी

जगत ठाडा मगर
२०७८ पुस २४ | मध्यान्ह ०४:०९ बजे

बीरगंज, पुस २४ । हिन्दू परिषद नेपालले आज पर्सा जिल्लाको जगरनाथपुर गाँउपालिकामा ३७ सदस्यीय कमिटी गठन गरेको छ । गाँउपालिकाको मसिहानी मुख्य चौकमा भेला भएका रास्ट्रवादी एवं धर्मप्रेमीहरुको सभालाई सम्बोधन गर्दै हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको बताए ।

नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् । हिन्दू राष्ट्रका लागि पर्साबाट नै निर्णायक धार्मिक आन्दोलन सुरु गर्नुपर्ने बताए । “जय श्रीराम हर हर महादेव जय माता दी बाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ” उनले भने, “यो आन्दोलन सुरु गरेर मेची–महाकाली हल्लाउनुपर्छ ।” मुलुकलाई हिन्दू राष्ट्र बनाउन अब सशक्त आन्दोलन गर्नुपर्ने भन्दै अध्यक्ष पटेलले सबै ओमकार परिवारलाई एक बनाएर धार्मिक एकता र पहिचानका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । “दलहरुको स्वार्थका लागि नेपालबाट हिन्दू राष्ट्र हटाइयो” उनले भने “हाम्रो एकता मजबुत छ, हाम्रो एकतालाई कसैले भाँड्न खोज्छ भने त्यो आफै सकिन्छ।” वैदिक सनातन धर्मभित्र सबै धर्मलाई समान व्यवहार हुने भएकाले पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्नेमा पटेलले जोड दिए । यहाँ हिन्दूहरुलाई लडाउँने फुटाउने खेल भएको गुनासो गरे । “हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ, ओम र राष्ट्रिय झण्डामा राष्ट्रमात्रै हुन्छ”, अध्यक्ष पटेलले भने, “धर्म जोगाउन सन्देश दिँदै हिन्दू राष्ट्र ल्याउने सङ्कल्पका साथ अगाडि बढे मात्र हिन्दू राष्ट्र फिर्ता ल्याउन सकिन्छ ।” अब अल्मलाउने होइन मानसिक रुपमा तैयार भई आफ्नो स्वार्थ त्यागी राष्ट्रको पहिचानका लागी अगाड़ी बढ्ने बेला आएको पटेलले बताए ।

गाँउपालिका स्तरीय कमिटी गठन कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रीय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, अधिवक्ता बिनोद प्रसाद कुर्मी, सचिवालय सदस्य लालबाबु बनिया, पोखरिया नगर अध्यक्ष अखलेश प्रसाद कुर्मी, जिल्ला सदस्य अमोद कुमार केवट लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

नवगठित कमिटिको अध्यक्षमा मनोज पटेल, उपाध्यक्षमा शिवदयाल मुखिया, सचिवमा भूपेन्द्र चौहान, कोषाध्यक्षमा दीपेन्द्र चौधरी, सल्लहकारहरुमा प्रतिम मुखिया बिन, रामपूजन पटेल, कार्य समिति सदस्यहरुमा रूपेश यादव, बिन्दा साह तेली, बिरेन्द्र यादव, बिनोद पटेल, अनिल पंडित, रामजी पटेल, चन्द्रिका सहनी, उमेश गिरी, दीपेन्द्र पटेल, रविन्द्र पटेल, जोखू मुखिया, फनु पटेल, बिन्दा पटेल, कनैया मुखिया, चौकट मुखिया, मड़ई मुखिया, शिव पटेल, भनु मुखिया, शिवम हजाम, बिगा सहनी, लखराज साह तेली, नागेन्द्र पटेल, सोनालाल लोहार, मुना पटेल, भिखारी मुखिया, बुनिलाल साह गोड़, भोला लोहार, मनोज राउत रहेका छन् ।

कमेन्टहरु