मुख्य समाचार

लामो समयदेखि थन्किएको रेल परीक्षणका लागि गुडाइयो

जगत ठाडा मगर
२०७८ पुस २४ | मध्यान्ह ०३:०९ बजे

धनुषा, पुस २४ । धनुषाको इनरुवा स्टेशनमा करिब १६ महिनादेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समय बितिसक्दा पनि संचालनमा नआएको दुवै रेलको इन्जिनलाई शनिबार इनरुवादेखी जनकपुरधामको कुर्थासम्म गुडाइएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो ।

शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मत सम्भार गरिएको महाप्रबन्धक झाले बताए ।

कमेन्टहरु