वीरगञ्जमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस २४ | मध्यान्ह ०३:०९ बजे

वीरगञ्ज । वीरगञ्जमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने ६० वर्षीया चन्द्रवती देवी कुर्मी रहेको छ । पुस २० गते दिउँसो आगो ताप्ने क्रममा उनको खुट्टा र कपडा जलेको थियो ।
उनको वीरगञ्जकै नारायणी अस्पतालमा उपचार भइरहेको थियो । आज (शनिबार) बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।






















