नेकपा (माओबादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

जगत ठाडा मगर
२०७८ पुस २४ | बिहान ११:०९ बजे

बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।
केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको हो ।
स्वास्थ्य अवस्था सामान्य रहेकोले हाल उनी निजी निवासमै आराम गरिरहेका छन् ।






















