नेकपा एमाले दाङको अध्यक्षमा बस्नेत चयन

जगत ठाडा मगर
२०७८ पुस २४ | बिहान १०:०९ बजे

दाङ । नेकपा नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत चयन भएका छन्। शुक्रबार उद्घाटन भएको दाङको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्ष बस्नेतसहितका पदाधिकारी र जिल्ला नेतृत्व सर्वसम्मत चयन भएको हो।
बस्नेतको नेतृत्वमा १ सय २१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । समितिको उपाध्यक्षमा राममणी पान्डे, सचिब मनोहर बुढाथोकी, उप सचिब कृष्ण भुसाल र हिरा देवी पुन चयन भएका छन्।






















