प्रधानमन्त्री देउवा ओली निवास बालकोटमा

जगत ठाडा मगर
२०७८ पुस २४ | बिहान १०:०९ बजे

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।
बारम्बार एमालेले संसद अवरोध गर्दै आएको छ । संसद सूचारु गराउने विषयमा छलफल गर्न देउवा त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ ।
१० बजे देउवा ओली निवास पुगेका थिए ।






















