नेकपा एमाले पाल्पा अध्यक्षमा घिमिरे निर्वाचित

जगत ठाडा मगर
२०७८ पुस २४ | बिहान ०८:०९ बजे

पाल्पा, पुस २४ । नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनबाट धनेन्द्रराज घिमिरे अध्यक्षमा निविरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल (रामजी), उपसचिव टीका थापा र सुनिता शर्मा निर्विरोध निर्वाचित भएका छन्।
जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ। जिल्ला कमिटी १ सय ५ सदस्यीय रहेको छ। तानसेन नगरपालिका–९, तिन्टीआँप मदनपोखरामा शुक्रबार सुरू भएको अधिवेशनको उद्घाटन पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले गरेका थिए।
अधिवेशनका लागि जिल्लाका सबै वडा तथा पालिका तहबाट ७ सय प्रतिनिधि थिए।






















