मौसम

आज वर्षा र हिमपातको सम्भावना

जगत ठाडा मगर
२०७८ पुस २४ | बिहान ०७:०९ बजे

काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

कमेन्टहरु