बाउन्नगडी बचत तथा ऋण सहकारी सस्था लि.काे दाेस्राे साधारणसभा सम्पन्न


पाैष २३, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा नं ३ साेमनीमा रहेको बाउन्नगडी बचत तथा ऋण सहकारी संस्थाको दाेस्राे साधारण सभा अाज सम्पन्न भएको छ ।
ग्रामीण क्षेत्रमा रहेका जनताहरुको लागि आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस सस्थाले बिभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम समेत सञ्चालन गर्दैै आएको छ । कार्यक्रममा आ.ब २०७७/७८ को ८३ लाख ८४ हजार १ सय ६२ रुपैया बराबरको आयव्यय प्रस्तुत भएको थियो । जसमा यस संस्थाले ५४ हजार रुपैया बराबरको शुद्ध नाफा गर्न सफल भएको छ ।
यस संस्थाले कृषि, पशुपालन, बैदेशिक रोजगार, शैक्षिक लगायतको क्षेत्रमा लगानी गरि यस क्षेत्रका जनताहरुको आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस सस्थाका ब्यवस्थापक सिम्रान लाटाैला जाेशीले बताउनुभयो । यसैगरी घरघरमा सदस्य बनाउने समेत लक्ष्य रहेको बताईएको छ । कार्यक्रम सस्थाको अध्यक्ष राम प्रसाद यादव अध्यक्षतामा तथा उद्योग अापुर्ति तथा बाणिज्य मन्त्री अजय बहादुर शाहिकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा पत्रकार नन्दु यादव, समाजसेवी रबिस यादव, दलसिगार यादव, वडा नं ३ का अध्यक्ष दिवाकर चौधरी लगायतले संस्थाको प्रगतिको लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री शाहिले सहकारी देशको मेरुदण्डको रुपमा रहेकोले सबैले सहकार्य गरि सहकारीहरुलाइ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
किसानहरुलाई राहात हुने भएकोले सबैजना मिलि गाउगाउमा सहकारीको स्थापना गरिनुपर्ने अावश्यक रहेकाे बताउनु भयो । दलालहरुले गरिब जनताहरुलाई मिटर ब्याजमा पैसा लगानी गरी गरिब जनताहरुलाई दुख दिने दिन सहकारीले सखाप पारेकाे वहाले बताउनु भयाे ।अब दलालहरु मिटरब्याजि रुपमा रकम लगानि बाट बन्चित भएकाे समेत बताउनु भयाे ।
अब सबै किसान दाजुभाई तथा अामनागरिकहरुले अब सहकारीबाट सस्ताे ब्याजमा काराेबार गरिनु पर्ने अवस्था अाएकाे बताउनु भयाे । साथै क्षेत्रमा रहेकाे बाढि समस्या, उखुकाे भुक्तानी समस्या, केरा खेतिकाे समस्यालाई मध्यनजर गर्दै समाधान गर्न तर्फ अाफु लागि परेकाे बताउनु भयाे । कार्यक्रमलाई मुक्तिनाथ बिकास बैंक गाेपिगन्जका शाखा प्रमुख दिपक अधिकारीले सन्चालन गर्नु भएकाे थियाे ।






















